काठमाडौँ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, परेवाभिरमा भोटेकोशीको बाढीले क्षतिग्रस्त बनाएको सडक मर्मत कार्य नसकिएपछि आज पनि सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै मर्मत कार्य अधुरै रहेकाले आज पनि बिहान ६ देखि बेलुका ६ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो। यसअघि शनिबारका लागि तोकिएको बन्दको समयसीमाभित्र मर्मत कार्य सम्पन्न नभएपछि सडक बन्दको अवधि थप एक दिन लम्ब्याइएको जिल्ला प्रशासनले उल्लेख गरिएको छ। तोकिएको बन्दको समयमा एम्बुलेन्स र शववाहन जस्ता अति आवश्यक सेवाका सवारी साधनहरू भने सञ्चालन ... The post परेवाभिरमा मर्मत गर्न पृथ्वी राजमार्ग आज पनि बन्द appeared first on Kalika Khabar.