नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण माथिल्लो त्रिशूली जलविद्युत् परियोजनाबाट हराइरहेका ४७ जना कर्मचारीको पहिचानका लागि डीएनएको नमूना उपलब्ध गराउन आह्वान गरेको छ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले प्राधिकरणका विभिन्न संरचनामा क्षति पुर्याएको र त्यहाँ कार्यरत कर्मचारीहरूसँग सम्पर्क विच्छेद भएको प्राधिकरणले जनाएको छ । शनिबार विज्ञप्ति जारी गर्दै प्राधिकरणले