सरकारी गाडीसहित क्यासिनो पुगेका सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादव पक्राउ

  • आइबार​ २१ भौ २०८३ ०२:२६ AM
पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव क्यासिनोमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार राति जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चालन गरेको विशेष अभियानका क्रममा वीरगञ्जस्थित गण्डकको क्लार्क रिसोर्ट होटलमा रहेको क्यासिनोबाट अध्यक्ष यादवसहित ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार क्यासिनो परिसरबाट सखुवाप्रसौनी गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको सरकारी स्कोर्पियो समेत नियन्त्रणमा लिइएको छ।