नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै

  • आइबार​ २१ भौ २०८३ ०१:२३ AM
काठमाडौँ । अष्ट्रेलियामा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अन्तिम तथा तेस्रो खेलमा न्यूजिल्यान्ड ‘ए’ विरुद्ध खेल्दैछ । डार्विनको मरारामा भइरहेको खेलमा नेपालले ‘टस’ जितेर ‘ब्याटिङ’ रोजेको छ । नेपाल अन्तिम खेलमा न्युजिल्यान्ड ‘ए’ लाई हराएर अष्ट्रेलिया भ्रमणको सुखद अन्त्य गर्न चाहन्छ । नेपालले जारी एकदिवसीय शृङ्खलाको अघिल्लो दुई खेलमा लगातार हार व्यहोरेको थियो ।