कर्णाली प्रदेश उसु संघमा शाहीको नेतृत्व, ९ सदस्यीय नयाँ कार्यसमिती निर्वाचित

  • शनिबार २० भौ २०८३ ०५:४४ PM
ललितपुर — गोविन्दबहादुर शाहीको अध्यक्षतामा कर्णाली प्रदेश उसु संघको नयाँ कार्यसमिति निर्वाचित भएको छ । सुर्खेतमा सम्पन्न कर्णाली प्रदेश उसु संघको दोस्रो अधिवेशनले शाहीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिती निर्विरोध निर्वाचित भएको हो । कर्णाली प्रदेशका ७ जिल्लाका उसु संघका प्रतिनिधिहरूको उपस्थितिमा भएको अधिवेशनले उपाध्यक्षमा धर्मराज आचार्य र कृष्ण चालिसे तथा सचिवमा कृष्ण बुढा र कोषाध्यक्षमा धनबहादुर पुलामीलाई निर्वाचित गरेको छ । नयाँ कार्यसमिती सदस्यमा चन्द्र थापा, गोकर्ण शाही, तारा शाही र गंगा बुढा निर्विरोध भएका छन् । नवनिर्वाचित अध्यक्ष गोविन्दबहादुर शाहीले कर्णाली प्रदेशमा उसु खेलको आधारलाई थप मजबुत बनाउँदै जिल्ला तहसम्म ... The post कर्णाली प्रदेश उसु संघमा शाहीको नेतृत्व, ९ सदस्यीय नयाँ कार्यसमिती निर्वाचित appeared first on Kalika Khabar.