भोटेकोशी बाढीले उजाडिएको नेपाल–चीन सीमामा फहराइयो नेपालको झण्डा

  • शनिबार २० भौ २०८३ ०४:१४ PM
रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा राखिएको छ। गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित उक्त अन्तरराष्ट्रिय सीमा नाकामा आज सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले झण्डा राखेको हो। यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले उक्त सीमा नाकामा नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएको थियो। सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी)