रसुवागढी हाइड्रोको पाँचौँ तलासम्म हिलोले भरिएको पाइयो, छैठौँ तलामा केही भेटिएन

  • शनिबार २० भौ २०८३ ०४:३६ PM
भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको उद्धार कार्य आज पनि निरन्तर छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा विदेशी र स्वदेशी विज्ञसहितको टोलीले आज रसुवागढी, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, चिलिमे र माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा खोज तथा उद्धार गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।