काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका ज्येष्ठ नागरिकलाई अस्थायी शिविरमा राखेर राहत, स्वास्थ्य सेवा तथा आवश्यक सुविधा उपलब्ध गराइरहेको जनाएका छन् । शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले बेत्रावतीमा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको घटनाले उद्धार कार्य अझै तीव्र रूपमा जारी रहेको जनाएका हुन् ।