शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक

  • शनिबार २० भौ २०८३ ११:४५ AM
काठमाडौं । शिक्षक आन्दोलनको इतिहास, संगठन निर्माण र विभिन्न चरणमा भएका संघर्षलाई समेटेर तयार पारिएको पुस्तक ‘शिक्षक आन्दोलनको इतिहास’ सार्वजनिक गरिएको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले लेख्नुभएको पुस्तक शनिवार काठमाडौंमा एक कार्यक्रमका बिच लोकार्पण गरिएको हो । पुस्तकले २००७ सालदेखि सुरु भएका शिक्षक संगठनको विकासक्रमदेखि २०३६ सालपछि संगठित रूपमा अघि बढेको शिक्षक