विराटनगर । कोशीका प्रदेश प्रमुख परशुराम खापुङले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले मुलुकलाई स्तब्ध बनाएको बताएका छन् । अखिल नेपाल वैश्य (हलवाई) सेवा समिति केन्द्रीय कार्यालय मोरङद्वारा आज यहाँ आयोजित श्रीश्री १००८ संतशिरोमणि बाबा गणिनाथ गोविन्दको जन्मजयन्ती कार्यक्रममा बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्मा परेका नागरिकलाई सबैले मिलेर सहयोग गर्नुपर्ने धारणा