काठमाडौं । रसुवाको बेत्रावतीबाट ११ दिनपछि जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठको नेपाली सेनाको अस्पताल छाउनीमा उपचार भइरहेको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार श्रेष्ठको चिकित्सकीय टोलीको निगरानीमा उपचार भइरहेको हो । सुगर, प्रेसर तथा मुटुसम्बन्धी समस्या रहेकी श्रेष्ठमा हाल हाइपरथरमियाको लक्षण देखिएको छ । हाइपरथरमिया भनेको शरीरको तापक्रम असामान्य रूपमा बढ्ने अवस्था हो