गरिएका मुख्य काम र खुला तथ्याङ्क जस्ता सार्वजनिक सरोकारका सूचना तथा जानकारीको पहुँच उत्तिनै खेर नागरिकलाई दिने प्रणाली मिलाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन

  • शनिबार २० भौ २०८३ ०५:४८ PM
काठमाडौँ । काठमाडौँ महानगरपालिकासँग सम्बन्धित सार्वजनिक सरोकारका जानकारी र खुला तथ्याङ्क उत्पादन भएकै बखत महानगरबासी र सरोकारवालाको पहुँचमा पुग्ने प्रणाली कार्यान्वयनमा ल्याउन कार्यवाहक प्रमुख सुनिता डंगोलले सहरी योजना आयोग र विभागका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । आर्थिक वर्ष सुरु भए यता प्राप्त प्रगतिका विषयमा जानकारी लिने र लक्ष्य हासिल गर्न देखिएका चुनौतीलाई आन्तरिक समन्वयमार्फत समाधान गर्ने उद्देश्यले सहरी योजना आयोग र विभागीय प्रमुखहरु बिचको पाक्षिक समीक्षा बैठकमा उहाँले, प्रणाली विकास गर्न सहरी योजना आयोगलाई र विकसित प्रणालीबाट आफू मातहतका सूचना तत्काल अद्यावधिक गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभएको हो ।  वातावरणमैत्री पूर्वाधार निर्माणको कुरा गर्दै उहाँले, वाटर रिचार्ज (पानी पुनःभरण) कार्यक्रम, सामुदायिक शैक्षिक गुणस्तर सुधारका लागि स्कूल स्कूल पार्टनरसिप (एसएसपी) कार्यक्रमलाई अभियानका रुपमा कार्यान्वयन गर्न विभागहरुलाई निर्देशन दिनुभयो । ‘सार्वजनिक खरिद सम्बन्धी परिवर्तित व्यवस्था ग्रहण गर्दै असोजभित्र बोलपत्र आव्हान सम्बन्धी काम सक्न, विभागीय बैठकहरु कार्यालय समय अगाडि वा पछाडि मात्र गर्न र विपदको मौका छोपेर हुन सक्ने कालोबजारी र कृतिम अभावमाथि निगरानी गर्न उहाँले निर्देशन दिनुभयो ।  वैठकमा विभागीय प्रमुखहरुले यस वर्ष आफू अन्तर्गतम प्राथमिकतामा परेका ३ वटा योजना कार्यान्वयनको अवस्थाको प्रगति पेश गर्नुभएको थियो ।  बैठकमा विपद व्यवस्थापनमा महानगर आपतकालीन सेवा सञ्चालन, रसुवा भोटेकोशीबाट आएको बाढीको व्यवस्थापनमा गरिएका काम, सडक र पार्किङ् व्यवस्थापन, फोहरलाई स्रोतमा वर्गीकरण गर्ने, सरसफाइलाइ कार्यलाई थप प्रभावकारी बनाउने, सम्पदा स्थल तथा अन्य सार्वजनिक स्थलहरुको सफाइ र सुन्दरता बढाउने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो ।  यस्तै उज्यालो काठमाडौँ अन्तर्गत सडक बत्ती व्यवस्थापन, उद्यमशील प्रवर्धन, विद्युतीय शासनको प्रभावकारिता बढाउने, डाटा सेन्टर सञ्चालनमा ल्याउने, पार्क तथा हरियाली प्रवर्धन, काठमाडौँ फिल्म फेस्टिभल सञ्चालनमा अहिलेसम्म गरिएका काम लगायत विषय उठेका थिए ।  सहरमा सार्वजनिक शौचालयको उपलब्धता र अवस्था, आवधिक योजना निर्माण, तथ्यमा आधारित विकास निर्माण, वडाबाट सञ्चालन गरिने कामका विषयमा छलफल भएको थियो ।  वैठकमा सहरी योजना आयोगका उपाध्यक्ष डा