छोरा र भाइको खबर कुर्दाकुर्दै ११ दिन बित्यो, अन्ततः माधवले लेखेः ‘भावपूर्ण श्रद्धाञ्जली’

  • शनिबार २० भौ २०८३ ०९:३१ AM
रसुवा– रसुवाका माधव लामिछानेले १० भदौको बाढीमा हराइरहेका छोरा र भाइको उद्धारको आशा त्यागेर श्रद्धाञ्जली दिएका छन् । रसुवागढीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका छोरा समीर लामिछाने र भाइ बासुदेव लामिछानेको उद्धार र खोजी नगरिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत दुवैलाई भावपूर्ण श्रद्धाञ्जली दिएका हुन् । ‘रसुवागढी उद्धारको अन्तिम आशा समाप्त । भावपूर्ण श्रद्धाञ्जली छोरा समीर,