काठमाण्डु– एमाले महासचिव शङ्कर पोखरेलले भोटेकोशीमा आएको बाढीलाई जलवायु परिवर्तनसँग जोड्दै त्यसबाट भएको क्षतिको क्षतिपूर्ति नेपालले विकसित मुलुकहरूबाट माग्नुपर्ने बताएका छन् । उनले नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि त्यसको असर भने हिमाली मुलुकका रूपमा गम्भीर रूपमा व्यहोर्नुपरेको बताए । विकसित राष्ट्रहरूको औद्योगिक गतिविधिका कारण बढेको कार्बन उत्सर्जनको परिणाम नेपालमा बाढी, पहिरोजस्ता विपद्का रूपमा