६ वर्षदेखि पुल अलपत्र, कजवे बग्दा विद्यार्थीसहित तीन जिल्लाका यात्रुलाई सास्ती

  • शनिबार २० भौ २०८३ ०९:३७ AM
जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमामा पर्ने ताक्सुगाड खोलामा पक्की पुल नबन्दा भेरी करिडोर भएर यात्रा गर्ने यात्रु, सवारीसाधन र स्थानीयवासीले वर्षौँदेखि सास्ती खेप्दै आएका छन्। पुल निर्माणका लागि ठेक्का सम्झौता भएको लामो समय बितिसक्दा पनि निर्माणको काम अघि नबढेपछि सडक योजनाले आवतजावत सहज बनाउन बनाएको अस्थायी कजवे पनि साउन २९ गते आएको बाढीले