बाढी प्रभावित क्षेत्रमा करिब २० हेलिकोप्टर उडान, प्रतिकूल मौसम र विकट भूगोल चुनौति

  • शनिबार २० भौ २०८३ १०:०१ AM
विनाशकारी बाढीका कारण क्षतिग्रस्त रसुवा र नुवाकोट क्षेत्रमा नेपाली सेना र विभिन्न अन्तर्राष्ट्रिय टोलीले बृहत् मानवीय सहायता तथा विपद् उद्धार (एचएडीआर) अभियान जारी राखेको छ । बाढीका कारण उर्लिएको तादी नदीमाथि नेपाली सेनाका सैन्य इन्जिनियरिङ टोलीले डोरीको पुल निर्माण गरिरहेका छन्। राष्ट्रिय सडक सञ्जालबाट सम्पर्कविच्छेद भएका क्षेत्रलाई पुनः सडक सञ्जालसँग जोड्न पुल निर्माण भइरहेको हो।