एघार दिनपछि एक महिलाको सकुशल उद्धार

  • शनिबार २० भौ २०८३ ०२:३३ PM
नुवाकोट । भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको बाढीमा फस्नुभएका विदुर नगरपालिका–१० स्थित वेत्रावतीबाट आज अपराह्न चन्द्रिका श्रेष्ठको सकुशल उद्धार गरिएको छ ।  सशस्त्र प्रहरी बल १९ नं गुल्मबाट बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा रहेको टोलीले ६४ वर्षीया श्रेष्ठलाई उनको घरको चौथो तलाबाट उद्धार गरेको हो ।  गुल्मका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक वीरेन्द्र राउतका अनुसार बाढीबाट प्रभावित वस्तीका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरबाट महिलाको आवाज सुनेपछि त्यसलगत्तै उनको उद्धार गरिएको हो । उनि हिलोमा गाडिएको अवस्थामा थिइन् । थप उपचारको लागि श्रेष्ठलाई काठमाडौँ  पठाइएको छ ।