काठमाडौं । त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ११ दिनदेखि फसेका दुई जनाको शनिबार जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये एक जना २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत चिनियाँ नागरिक रहेका छन् । आयोजनाको अडिट ४ सुरुङ (टनेल) मा थुनिएका उनलाई नेपाली सेना र दक्षिण कोरियाको विपद् व्यवस्थापन विज्ञ टोलीले