२ करोड ४० लाखको एप्पल एयरपड्स छाडेर भागेपछि…

  • शनिबार २० भौ २०८३ ०८:५५ AM
काठमाण्डु– महोत्तरीबाट करिब २ करोड ४० लाख रुपैयाँ बराबरको एप्पल कम्पनीका एयरपड्स बरामद गरिएको छ। सोनमा गाउँपालिका–६ मगरथानाबाट सशस्त्र प्रहरीले शनिबार बिहान भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको १ हजार २ सय थान एयरपड्स बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउट पोस्ट खैरवनीबाट खटिएको