रसुवा– १० भदौमा आएको भोटेकोशी बाढीका कारण ठूलो क्षति पुगेको रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनामा बेपत्ता भएकाको खोजीका लागि अपनाइएका सबै सम्भावित विकल्पबाट थप सफलता हात नलागेपछि कम्पनीले खोजी अभियान रोकेको छ । २० मेगावाट क्षमताको आयोजनामा बाढी आउँदा कार्यरत ६० जना सम्पर्कविहीन भएका थिए । १९ जनाको जीवितै उद्धार भएको थियो । खोजी तथा