बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ। नुवाकोट बिदुर नगरपालिका -१० बेत्रावती स्थित आनन्द श्रेष्ठको ४ तल्ले घरको चौथो तलाबाट निजको श्रीमती चन्डिका श्रेष्ठको सशस्त्र प्रहरी बलकाे नेतृत्वमा नेपाल प्रहरी समेतकाे संयुक्त टाेलीले जिवितै उद्वार गरेको छ । सशस्त्रका इन्सपेक्टर सुमन बिकको कमान्डको टोलिले उद्दार गरेर हेलिकप्टर मार्फत काठमाडौ ल्याइएकाे हाे ।