रसुवा बाढीबाट प्रभावित नागरिकको तत्काल राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले नियोगोल्छा समूहले ५३ लाख ११ हजार ५४४ रुपैयाँ आर्थिक सहयोग गरेको छ। नियोगोल्छा समूहले शुक्रवार अर्थमन्त्री डा स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो। कोषमा समूहका तर्फबाट ५१ लाख र कर्मचारीका तर्फबाट दुई लाख ११ हजार ५४४ रुपैयाँ