कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग (एस्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा दुई जना कामदार गम्भीर घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार आज बिहान करिब ११ः०० बजे माथिबाट अचानक पहिरो खसेर आयोजनामा कार्यरत दुई जना घाइते भएका हुन्