माथिल्लो त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार (तस्बिरहरू)

  • शनिबार २० भौ २०८३ ०८:१२ AM
काठमाण्डु – माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको उद्धार गरेको हो । यसअघि शुक्रबार त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार भएको थियो । योसँगै सुरुङबाट उद्धार हुनेको संख्या ३ पुगेको छ ।