अत्यावश्यक वस्तुलाई मासुको मूल्यसँग तुलना गर्नु तर्कसङ्गत छैनः सांसद भण्डारी

  • शनिबार २० भौ २०८३ ०७:३३ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले बजारमा व्याप्त मूल्यवृद्धि र आपूर्ति व्यवस्थापनको फितलो अवस्थालाई लिएर सरकार र नेपाल आयल निगमको आलोचना गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजोन) द्वारा राजधानीमा आयोजित ‘बाढी पहिरोपछिको आपूर्ति तथा मूल्य श्रृङ्खलामा परेको प्रभाव र चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले सरकारको आलोचना गरेका हुन् ।