रसुवा बाढी प्रभावित घाइतेको उपचारमा सहयोग गर्न एमालेको रक्तदान कार्यक्रम

  • शनिबार २० भौ २०८३ ०८:०३ AM
काठमाडौं । नेकपा एमाले सम्पर्क विशेष कमिटीले रसुवा बाढी घाइतेहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको छ । शनिवार एमाले पार्टी कार्यालय, च्यासलमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले रक्तदान गरेका छन् । प्रभावित घाइतेहरूको उपचारमा आवश्यक रगतको अभाव हुन नदिन सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको