बाढी गएको ११ दिनपछि माथिल्लो त्रिशूली–१ को टनेलबाट चिनियाँ एक नागरिकको उद्धार

  • शनिबार २० भौ २०८३ ०८:०२ AM
काठमाडौं । बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ । नेपाली सेना र दक्षिण कोरियाली विपद् विज्ञ टोलीले केहीबेरअघि टनेलभित्र रहेका चिनियाँ नागरिकको उद्धार गरेको हो । उद्धार गरिएका उनलाई नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेकमा ल्याइँदैछ । बाढी आएको ११औँ दिनमा टनेलबाट उनको उद्धार गरिएको हो ।