सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, कर्जा तथा बीमा सहुलियतसहितको प्याकेज घोषणा गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित व्यवसायीलाई लक्षित गर्दै व्यवसाय पुनरुत्थानको पहिलो चरणको प्याकेज स्वीकृत गरेको हो । प्याकेजअन्तर्गत बाढीका कारण मर्मतसम्भार गर्न नसकिने गरी क्षतिग्रस्त वा बगाएका व्यावसायिक सवारी