काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रकाश सिंह कार्कीले बजार अनुगमन र कारबाहीको प्रक्रिया प्रभावकारी हुन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको रसुवा बाढीपछिको आपूर्ति तथा मूल्य श्रृंखलामा परेको प्रभाव र देखिएको चुनौती विषयक कार्यक्रममा बोल्दै सांसद कार्कीले सरकारी नियामक निकायहरूको उपस्थिति र सक्रियता फितलो भएको टिप्पणी गरेका