चितवन । चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जङ्गलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको लुप्र०१-००१ख ००४५ नम्बरको मिनी ट्रक र भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना३७प ७०९६ नम्बरको स्कुटर एकापसमा ठोक्किएका थिए । दुर्घटनामा स्कुटर चालक राप्ती नगरपालिका-७ निवासी ३८ वर्षीय राजकुमार दर्जी गम्भीर