काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश सिंह कार्कीले पेट्रोलियम पदार्थ, विशेषगरी खाना पकाउने एलपी ग्यासको मूल्यवृद्धिप्रति आपत्ति जनाएका छन् । नेपाल आर्थिक पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको रसुवा बाढीपछिको आपूर्ति तथा मूल्य शृंखलामा परेको प्रभाव र चुनौतीसम्बन्धी कार्यक्रममा बोल्दै सांसद कार्कीले नेपाल आयल निगमले गरेको सहयोगको तुलनामा मूल्यवृद्धिबाट उपभोक्तामाथि ठूलो आर्थिक भार परेको बताए ।