अब नुवाकोटको विदुरमै डीएनए नमुना संकलन, कति जनाको भयो परीक्षण ?

  • शनिबार २० भौ २०८३ ०७:१३ AM
त्रिशूली । भोटेकोसी नदीमा आएको बाढीमा परी हराइरहेका व्यक्तिको पहिचान गर्न नेपाल प्रहरीले नुवाकोटको विदुरमा डीएनए नमुना संकलन केन्द्र सञ्चालनमा ल्याएको छ । यसअघि डीएनए नमुना दिन पीडित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाडौं जानुपर्ने अवस्था थियो । प्रभावित परिवारलाई सहज बनाउन विदुरमै नमुना संकलन केन्द्र सञ्चालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डा.दामोदर