महोत्तरीबाट २ करोड ४० लाखको एप्पल एयरपड्स बरामद

  • शनिबार २० भौ २०८३ ०६:४४ AM
महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानाबाट सशस्त्र प्रहरीले करिब २ करोड ४० लाख रुपैयाँ बराबरको एप्पल कम्पनीका एयरपड्स बरामद गरेको छ। भदौ २० गते बिहान भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको १ हजार २ सय थान एयरपड्स सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउटपोस्ट खैरवनीको संयुक्त टोलीले बरामद गरेको