हेटौंडा–काठमाडौं जोड्न वैकल्पिक सडक सञ्चालनको तयारी, मुख्यमन्त्री थापाले गरे स्थलगत निरीक्षण

  • शनिबार २० भौ २०८३ ०५:३८ AM
काठमाडौं । बागमती प्रदेश सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज र निरन्तर बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने तयारी थालेको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरोका कारण पटकपटक यातायात प्रभावित भएपछि प्रदेश सरकारले उक्त सडकखण्डको आवश्यक मर्मत तथा स्तरोन्नति गरी सञ्चालनयोग्य बनाउन प्रक्रिया अघि बढाएको हो । मुख्य राजमार्गमा हुने अवरोधका कारण राजधानी र प्रदेश राजधानीबीचको आवतजावत ठप्प हुने समस्या न्यूनीकरण गर्न वैकल्पिक सडकलाई प्राथमिकतामा राखिएको मुख्यमन्त्री किरण थापामगरले बताए । मुख्यमन्त्री थापा, भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसी, मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठा र भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामासहितको टोलीले बिहीबार सो सडकखण्डको ... The post हेटौंडा–काठमाडौं जोड्न वैकल्पिक सडक सञ्चालनको तयारी, मुख्यमन्त्री थापाले गरे स्थलगत निरीक्षण appeared first on Kalika Khabar.