काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले मानव बेचबिखन तथा ओसारपसार रोक्न सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताएका छन् । मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानव सभ्यताकै कलङ्क भएको बताएका हुन् । उनले मानव बेचबिखन विश्वभर सङ्गठित अपराधका रूपमा फैलिँदै गएको