उपत्यका बाहिर ‘बोटलिङ’ गरी ढुवानी हुँदै ‘एलपी ग्यास’

  • शनिबार २० भौ २०८३ ०६:०३ AM
काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव हटाउन ग्यास उद्योगीहरू सक्रिय भएका छन् । नेपाल आयल निगमले उपत्यकाबाहिर रहेका ग्यास उद्योगमा सिलिन्डर भरेर काठमाडौं ल्याउन अनुमति दिएपछि उद्योगीहरूले त्यसैअनुसार काम अघि बढाएका छन् । नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीले मकवानपुरका ट्रक व्यवसायीसँग छलफल गरी खाली सिलिन्डर उद्योगसम्म ल्याउने र