ला पाज । बोलिभियामा एक सैन्य परिसरभित्र भएको शक्तिशाली विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्। स्थानीय स्वास्थ्य निर्देशक रीटा नेब्रास्काका अनुसार मृतकको संख्या १५ सम्म पुग्न सक्ने आशंका गरिएको छ। राजधानी ला पाजबाट करिब ३० किलोमिटर टाढा रहेको वियाचा क्षेत्रको सैन्य परिसरमा स्थानीय समयअनुसार शुक्रबार दिउँसो करिब २ः३० बजे विस्फोट भएको हो। अधिकारीहरूका अनुसार विस्फोट सैन्य परिसरको त्यस्तो क्षेत्रमा भएको थियो, जहाँ आतिशबाजी तथा पाइरोटेक्निक सामग्री भण्डारण गरिएको थियो। रक्षा मन्त्रालयको भण्डारमा राखिएका यस्ता सामग्रीबाट विस्फोट सुरु भएको भए पनि यसको वास्तविक कारण ... The post बोलिभियाको सैन्य परिसरमा शक्तिशाली विस्फोट, कम्तीमा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते appeared first on Kalika Khabar.