भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल

  • शनिबार २० भौ २०८३ ०४:४१ AM
बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी बाढीपश्चात् सम्पर्कविहीन भएका दाजु, भाउजु र छोराको कि सास कि लासको पर्खाइमा छन् । भदौ १० गते आएको बाढीपश्चात् उनका लागि अहिले दिनहरू टोलाएर बिताउने माध्यम बनेका छन् । बाढीपछि रोकायका १९ वर्षीय छोरा दीपक, ५३ वर्षीय दाजु शेरसिंह र भाउजु विष्णुमती सम्पकैविहीन छन् ।