१७ जिल्लाका सिडिओसहित गृहका १४ सहसचिव र ९ उपसचिवको जिम्मेवारी हेरफेर तथा सरुवा (सूची)

  • शनिबार २० भौ २०८३ ०९:४१ AM
काठमाडौँ । गृह मन्त्रालयले १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित मन्त्रालयअन्तर्गत कार्यरत १४ सहसचिव र नौ उपसचिवको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले शुक्रवार मन्त्री स्तरीय निर्णय गर्दै सहसचिव तथा उपसचिवको सरुवा र जिम्मेवारी हेरफेर गरेको हो । सरुवा सूचीअनुसार विभिन्न जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका चार जना उपसचिवलाई चार जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा खटाइएको छ । यस्तै, मन्त्रालयअन्तर्गत हालै स्थापना भएको लागु औषध नियन्त्रण विभागको महानिर्देशकको जिम्मेवारी गृह मन्त्रालयमै कार्यरत सहसचिव ऋषिराम तिवारीलाई दिइएको छ । अध्यागमन कार्यालय, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाका प्रमुख अध्यागमन अधिकृत बलराम निरौलाको पनि गृह मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रालयले प्रशासनिक आवश्यकता, कार्यसम्पादन तथा जिम्मेवारीअनुसार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारीको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको जनाएको छ ।