एजेन्सी । इण्डोनेसियाको पूर्वी जाभा प्रान्तमा रहेको प्रसिद्ध पर्यटकीय गन्तव्य इजेन ज्वालामुखी क्षेत्र वन डढेलोका कारण अस्थायी रूपमा बन्द गरिएको छ । डढेलो पर्यटकीय मार्ग नजिकै फैलिएपछि सुरक्षालाई ध्यानमा राख्दै अधिकारीहरूले शुक्रवार यस्तो निर्णय गरेका हुन् । पूर्वी जाभा संरक्षण निकायका प्रमुख नुर पात्रिया कुर्नियावानकाअनुसार बन्युवांगी र बोन्डोवसो जिल्लाहरूमा फैलिएको यस प्राकृतिक आरक्षमा अर्को सूचना