आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै

  • शनिबार २० भौ २०८३ ०३:३४ AM
पाल्पा । नेपालले अङ्ग्रेजलाई पराजय गरेको खुसीयालीमा आज पाल्पाको तानसेनमा ऐतिहासिक भगवती जात्रा (रथयात्रा) निकालिँदै छ । पाल्पामा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको रथयात्रा निकालिने परम्परा रहिआएको रणउजेश्वरी भगवती गुठी सञ्चालक समितिका अध्यक्ष अशोक महर्जनले जानकारी दिए । सोहीअनुरूप आज २०७ औँ भगवतीको रथ निकाल्न लागिएको हो । आज अपराह्न १२ः३० बजेको शुभसाइतमा ब्राह्मणबाट