मकाउ र मलेसियाबीच विभिन्न क्षेत्रमा उच्चस्तरीय सहकार्य गर्ने प्रतिवद्धता

  • शनिबार २० भौ २०८३ ०३:३७ AM
एजेन्सी । मकाउ विशेष प्रशासनिक क्षेत्रका मुख्य कार्यकारी साम हाउ फाईले मकाउ र मलेसियाबीचको व्यावहारिक सहयोगलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेका छन् । मलेसियाको राजधानी क्वालालम्पुरमा मकाउ सरकारद्वारा आयोजित एक स्वागत समारोहलाई सम्बोधन गर्दै उनले मकाउले मलेसिया र चीनको मुख्य भूभागबीचको सम्बन्धलाई थप सुदृढ बनाउन एक बलियो सेतुको रूपमा काम गर्ने विश्वास व्यक्त गरे