काठमाण्डु – गत साता आएको विनाशकारी बाढीमा चीनतर्फको तिब्बत क्षेत्रमा सयौँ घर ध्वस्त भएको दाबी गर्दै एक तिब्बती अधिकारवादी समूहले विपत्तिको वास्तविक आकारबारे बेइजिङले दिएको आधिकारिक विवरणमाथि प्रश्न उठाएको छ । अचानक आएको बाढीबारे सार्वजनिक बहसलाई प्रतिबन्धित गरिएको छ । तिब्बतका सुरक्षा अधिकारीहरूले आइतबार विपत्तिसम्बन्धी ‘झूटा सूचना’ फैलाएको भन्दै कम्तीमा १० जनालाई कारबाही गरिएको बताएका