इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला इलाम माङसेबुङका एक किसानले रुद्राक्ष खेतीलाई आम्दानीको नयाँ बाटो बनाएका छन् । माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका किसान पृथीमान जवेगूले विगत १० वर्षदेखि रुद्राक्ष खेती गर्दै आएका छन् । खेतीयोग्य जमिनमा रुद्राश्र रोपेका जवेगूले वार्षिक रु दुई लाख आम्दानी गर्दै आएका छन् । उनले १८ रोपनी बारीमा