काठमाण्डु – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडकखण्डमा मर्मत गरिने भएको छ । सडकखण्ड मर्मतका लागि शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने छ। जिल्ला प्रशासन कार्यालय धादिङद्वारा जारी सूचनामा शनिबार बिहान ६ देखि साँझ ६ बजेसम्म उक्त सडकखण्डमा एम्बुलेन्स र शववाहनबाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा रोक लगाएको हो। भदौ १०