धनकुटा । धनकुटा जिल्ला अस्पतालमा पहिलोपटक रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा आएको छ । लामो समयदेखि रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्ने प्रयास हुँदै आए पनि आवश्यक मापदण्ड पूरा गर्न नसक्दा रोकिएको सेवा अहिले भवन, जनशक्ति र उपकरणको व्यवस्थापनसहित औपचारिक रूपमा सुरु गरिएको हो । कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले शुक्रबार आयोजित कार्यक्रममा रक्तसञ्चार सेवा केन्द्रेको उद्घाटन