अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै

  • शनिबार २० भौ २०८३ ०१:४३ AM
स्याङ्जा । वालिङ नगरपालिका–१ यवादीमा रहेको धनुबाँसे आयुर्वेद औषधालयको भवन लामो समयदेखि अलपत्र छ । स्थानीयलाई स्वास्थ्योपचारमा सहज पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना भएको आयुर्वेद औषधालय पाँच वर्षदेखि अलपत्र परेको हो । सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराअन्तर्गत वि.सं २०७७ फागुनमा सेफ इन्जिनियरिङ बिल्डर्स प्रालि चितवनसँग १८ महिनाभित्र भवन सम्पन्न गर्ने गरी सम्झौता