भोटेकोशी बाढीपीडितका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्दै

  • शनिबार २० भौ २०८३ ०२:१५ AM
बाँके । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि बाँकेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २४ लाख ३७ हजार २७४ सहयोग जम्मा भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेबाट प्राप्त विवरणअनुसार विभिन्न २१ वटा सङ्घसंस्था, विद्यालय, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिगत रूपमा सो रकम सङ्कलन गरी सहयोग गरिएको हो