काठमाडौँ । प्राकृतिक विपद्, महामारी र मानवीय सङ्कटका बेला सञ्चारमाध्यम र पत्रकारको भूमिकालाई थप जिम्मेवार, संवेदनशील र मर्यादित बनाउन प्रेस काउन्सिल नेपालले नयाँ निर्देशिका जारी गरेको छ । ‘विपद्का बेला सकारात्मक, मानवीय तथा जिम्मेवार सञ्चारसम्बन्धी सम्पादकीय निर्देशिका, २०८३’ नाम दिइएको यो निर्देशिकाले पत्रकारिताको परम्परागत शैलीमा परिवर्तन ल्याउँदै ‘सनसनी’ भन्दा ‘सत्य’ र ‘समाधान’लाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । विपद्का बेला सञ्चारमाध्यमको काम क्षति र पीडाको विवरण मात्र दिने नभई जोखिम न्यूनीकरण, उद्धार र राहतमा सहयोगी बन्नु पनि हो भन्ने भावनाका साथ यो निर्देशिका ल्याइएको काउन्सिलले जनाएको छ । यो निर्देशिका पत्रकार र मूलधारका सञ्चारमाध्यमसँगै उनीहरूले सञ्चालन गर्ने वेबसाइट, सामाजिक सञ्जाल र अन्य डिजिटल प्लेटफर्ममा समेत अनिवार्य रूपमा लागू हुनेछ । आधिकारिक स्रोतबाट पुष्टि भएपछि मात्र समाचार सम्प्रेषण गर्नुपर्ने, त्यसपछि मात्रै 'ब्रेकिङ' निर्देशिकाले पत्रकारिताको आधारभूत सिद्धान्त ‘सत्य पहिले, ब्रेकिङ पछि’ हुनुपर्ने उल्लेख गरेको छ । समाचार छिटो दिने होडबाजीमा अपुष्ट सूचना प्रवाह गर्दा समाजमा त्रास फैलने भएकाले आधिकारिक स्रोतबाट पुष्टि भएपछि मात्र समाचार सम्प्रेषण गर्न निर्देश गरिएको छ । साथै, विपद्का बेला ‘के भयो