बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

  • शुक्रबार​ १९ भौ २०८३ ०२:४७ PM
काठमाडौं । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गर्ने घोषणा गरेको छ । सहज सञ्चार, खोज, उद्धार तथा राहत वितरण कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले एनसेलले यो निःशुल्क सेवा भदौ २० गतेदेखि थप ७ दिन अर्थात् भदौ २६ गतेसम्म उपलब्ध गराउने भएको हो ।